इंग्लिस प्रिमियर लिग : चेल्सीले एस्टन भिल्लालाई २–१ ले हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे ।

जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ ।