कोरोना संक्रमण बढेको बढ्यै, ३५७ पुगे

काठमाडौँ – नेपालमा एकैपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।

सोमबार पुष्टि भएकामा बाँकेमा थप ४७ जना, मोरङ वीरटनगरमा एक जना, बुटवलमा गरिएको परीक्षणमा गुल्मीका एक जना र धुलिखेल अस्पतालमा गरीएको परीक्षणमा धनुषा, रौतहट, दांङ र धादिङका एक एक जना गरी एक ५३ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाको संक्रमण ३१ जिल्लामा फैलिइसकेको छ । संक्रमितहरु १८ देखि ४६ वर्षसम्मको रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३६ जना उपचारपछि निको भैसकेका छन ।