कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

काठमाडौँ – नेपालमा सोमबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँके र पर्साको एक एक र काठमाडौँका दुई गरी ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बाँकेको कोहलपुर वडा नं २ बस्ने ७० वर्षीय महिला, पर्सा जिल्लाकी ४५ वर्षीय महिला, काठमाडौँ महानगरपालिका मध्यबानेश्वर १० बस्ने ७६ वर्षीय एक पुरुष र काठमाडौ किर्तिपुर बस्ने ६४ वर्षीय पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।