प्याब्सन एन प्याब्सनले शुक्रबार स्थानीय तहमा ज्ञापनपत्र बुझाउने, यस्तो ६ पाँच बुँदे परिपत्र

काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनले शुक्रबार देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन ।

आजदेखि देशभरका निजी विद्यालय बन्द गरी पहिलो चरणको आन्दोलन थालेका प्याब्सन एनप्याब्सनले शुक्रबार ११ बजे स्थानीय तहमा ज्ञापनपत्र बुझाउने प्याब्सन महासचिव कुमार घिमिरे र एनप्याब्सन महासचिव सुवास न्यौपानेले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख छ ।

यसअघि बुधबार दुवै संगठनका अध्यक्षले आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प भन्दै शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।

निर्णय उल्लंघन गर्नेलाई निष्काशन गरिने, अनावश्यक टिकाटिप्पणी गर्न कडा प्रतिबन्ध 

दुवै संगठनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन । साथै दुवै संगठनका महासचिवले एक परिपत्र जारी गरी निर्णय पालना नगर्ने विद्यालयलाई बहिष्कार र साधारण सदस्यबाट निष्काशन गर्ने चेतावनी दिएको छ ।

केन्द्रको निर्णय पालना भए नभएको अनुगमन गर्न प्रत्येक प्रदेश जिल्ला र पालिका तहमा अनुगमन समिति गठन गरी अनुगमन गरिने भएको छ । दुवै संगठनले केन्द्रको निर्णय विपरीतका गतिविधि गर्न रोक लगाउनुका साथै अनावश्यक टिकाटिप्पणी गर्न कडा प्रतिबन्ध लगाएको छ ।

हेर्नुहोस परिपत्र :