विहीबार थप १६७ जनामा कोरोना संक्रमण, संक्रमित १७ हजार ३४४ पुगे

काठमाडौँ – नेपालमा बिहिबार थप १६७ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार बिहीबार थप १६७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा २१३ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २ सय ४९ जना पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।