कास्कीमा फुटबल ट्रेनिङ सेन्टर बन्ने

कास्की – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारीमा फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ । एन्फा कार्यसमितको बैठकले भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षमा निर्माण गरिने ट्रेनिङ सेन्टरका लागि १७ करोड ५५ लाख रुपैयाँ लाग्ने एन्फाको अनुमान गरेको छ । यसका लागि फिफाले बजेट दिने भएको छ । करिब २ सय ५२ रोपनी जग्गा निर्माण हुने फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ ।

करिब ३५ जनासम्मलाई आवाशीयस सुविधा सहितको व्यवस्था हुने गरी ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) मा उल्लेख छ । ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

ट्रेनिङ सो सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन वटा प्राकृतिक मैदान बन्नेछन् । सो सेन्टरमा स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको सम्मेलन हल समेत निर्माण गरिनेछ ।