इटालियन सिरी ए : बोलोग्रामाथि एसी मिलान हावी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले फराकिलो जीत निकालेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा मिलानले बोलोग्नामाथि ५–१ को फराकिलो जित निकाल्यो ।

जीतसँगै मिलानले शीर्ष ६ मा रहेर अर्को सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको छ । मिलानको फराकिलो जीतमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे ।

पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए ।