कोरोनाबाट थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौँ – नेपालमा आज थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले वागलुङमा एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । मन्त्रालयलका प्रवक्ता डा. गौतमका अनुसार बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत शनिबार राति निसीखोला गाउँपालिका–३ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।