नेपाल एअरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण भएको छ । ११ जना भने क्याविन क्रु रहेको निगम स्रोतले जनाएको छ । कोरोना पुष्टि भएका सबै जना होटल क्वारेन्टाइनमा बसेका छन् ।

विश्वव्यापी फैलिएको कारोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गदै स्वदेश फर्काउने क्रमममा पाइलट र क्याविन क्रुमा कोरोना सरेको अनुमान छ ।

नेपाल एयरलाइन्सले विदेशका विभिन्‍न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडान गरेको थियो ।