महाबौद्ध, टेकुपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडौँ – एउटै टोलका आठजनालाई कोरोना संक्रमण भएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीदेखि पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्षले जानकारी दिनुभयो ।

संक्रमण हुनेमा नेपाल प्रहरी, प्रहरीका परिवार तथा स्थानीय घरधनीहरु रहेका छन् । यस क्षेत्रमा अघिल्लो बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त प्रहरीका परिवारमा थप चारजनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँचजनामा कोरोना पुष्टि भएको थियो ।