थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १७ हजार ८४४ पुगे

काठमाडौँ – नेपालमा आज थप १८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १८६ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ८४४ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा १७३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एघार हजार ८६८ पुगेको छ ।

त्यसैगरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।