काठमाडौँमा १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा आज थप ५२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५२५ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । यससँगै नेपालमा कुल संक्रमितहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

काठमाडौँमा थपिए १२७

यसैबीच, काठमाडौँमा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा काठमाडौँका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०९ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।