बिज एजुकेशनको मिट एण्ड ग्रीट

काठमाडौँ – बिज एजुकेशनले आफ्नो मुख्य कार्यालय गठ्ठाघरमा मिट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरेको छ। युके र अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाका प्रतिनिधिहरू संग बिध्यार्थीहरूलाई प्रत्यक्ष भेटघाट गराउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा युकेको एजुकेशन सिस्टम, युनिभर्सिटीमा संचालीत कोर्स, फिइस्ट्क्चर, फ्यासिलिटी, स्कलर्सिप लगायतका बिषयका बारेमा जानकारी लिन लन्डन साउथ बैङ्क युनिभर्सिटी, युनिभर्सिटी अफ चेष्टर र एज हिल युनिभर्सिटीका प्रतिनिधी माझ बिध्यार्थीहरूले साक्षात्कार गरेका थिए।

त्यस्तै अष्ट्रेलियाको एजुकेशन सिस्टम, कोर्स फ्यासिलिटी, स्कलर्सिप लगायतका बिषयमा जानकारी गराउन क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, क्वीन्सफोट, अष्ट्रेलियन स्कुल अफ एकाउन्टीङ, क्वीन्सल्यान्ड इन्स्टिच्युट अफ बिजिनेस एण्ड एकाउन्टीङ, ब्राइटन कलेज, टास् कलेज र ओजफोड कलेजका प्रतिनीधीहरूले बिध्यार्थीहरूलाई परामर्श प्रदान गरेकाछन्।

बिज एजुकेशनले पछिल्लो समयमा युके र अस्ट्रेलिया केन्द्रित भई शैक्षिक परामर्श प्रदान गरीरहेको छ। बिज एजुकेशनको नेपाल, भारत, अष्ट्रेलिया, युके र कोलम्बियामा आफ्नै कार्यालयहरू रहेका छन्।