प्याब्सन कपिलवस्तुका सचिव पाठकको कोरोना संक्रमणका कारण मृत्यु

कपिलवस्तुका प्याब्सन सचिव गोपाल पाठकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ । सचिव पाठकको आज विहान मृत्यु भएको हो । ३४ वर्षीय पाठक गोल्डेन पार्क एकेडेमी विद्यालयका सञ्चालक हुन ।

कोरोना संक्रमणपछि पाठक वैशाख २२ गते उनलाई आईसोलेसन सेन्टरमा गएका थिए । पाठकको निधनले शिक्षाक्षेत्रमा ठूलो क्षति भएको भन्दै प्याब्सनिष्टहरुले गहिरो दुःख व्यक्त गरेका छन ।