प्रशिक्षणमा फर्किए मेस्सी

एजेन्सी- बार्सिलोनामै बस्ने निदोमा पुगेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् ।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित अभ्यासमा फर्केका हुन् । यसअघि उनी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफूले क्लब छाड्ने बताएका थिए ।

मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए । तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए ।