प्रिमियर लिग खेलतालिका सार्वजनिक : पहिलो खेल लिभरपुलले खेल्ने

काठमाडौँ – इग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । खेल सेप्टेम्बर १२ देखि हुने भएको छ । खेल तालिका अनुसार लिगको पहिलो दिन ६ खेल हुनेछन् ।

गत सिजनको च्याम्पियन लिगभरपुलले दोस्रो डिभिजन लिग च्याम्पियनसिपको विजेता लिड्स युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यस्तै, पहिलो दिन क्रिस्टल प्यालेस र साउथह्यामटन, फुलहाम र आर्सनल, होटनहाम हट्स्पुर र एभर्टन, वेष्ट वर्नमाउच र लेस्टर सिटी, वेष्ट हाम युनाइटेड र न्यूक्यासल युनाइटेडबीचको खेल हुनेछ ।

लिगमा म्यान्चेस्टर सिटी र एस्टोन भिल्ला, बर्नलि र म्यान्चेस्टर युनाइटेडबीचको खेल भने पुनः तय हुने बताइएको छ । गएको सिजनमा लिभरपुलले ७ खेल अगाडि नै लिगको उपाधि जित निश्चित गरेको थियो ।