कोरोनाबाट २४ घण्टामा २०७५ जनामा संक्रमित, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार ७ हजार ७०३ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।