नेक्सस उपत्यकाव्यापी चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा ११ औँ संस्करणको उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पेप्सीकोला टाउनप्लानिङस्थित विद्यालय प्राङ्गणमा भएको प्रतियोगितामा उपत्यकाका १८ विद्यालय सहभागी भए । प्रतियोगितामा नेपाल प्रहरी विद्यालयका कक्षा ७ का छात्र जेनिश बलम्पाकी प्रथम भए ।

त्यसैगरी एम्बिशन एकेडमीका कक्षा ९ का श्रेया शाह र बेस्ट ग्रुप भिजन स्कुलका कक्षा ८ का योजना कार्की तेस्रो भइन । ओम ज्ञान मन्दिरकी कक्षा ८ र्की आकृति यादव र मातृभूमि स्कुलकी राजश्वी दाहालले सान्त्वना स्थान हासिल गरे । नेक्ससले अन्तर विद्यालय चित्रकलासँगै विद्यालयका विद्यार्थीहरुबीच पनि अन्तर सदन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत अंशु योञ्जन प्रथम, कक्षा ६ का आयुभ लामा दोस्रो, कक्षा ७ का आर्यन थापा तेस्रो भए भने कक्षा ८ की विनिशा दुगुले सान्त्वना स्थान हासिल गरिन । प्रतियोगितामा विजयीलाई नेक्सस इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कटुवालले पुरस्कृत गर्नुभयो । नेक्ससले हरेक वर्ष चित्रकला प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगिता निष्पक्ष रुपमा सञ्चालन हुन सकोस् भन्ने हेतुले विद्यालयले आफूले आयोजना गरेको प्रतियोगितामा आफ्ना विद्यार्थी सहभागी नगराउने बरु उनीहरुको प्रतिभा प्रष्फुटनार्थ आन्तरिक रुपमा प्रतियोगिता गर्ने गरेको प्राचार्य कटुवालले स्पष्ट पार्नुभयो ।