विद्यालयको शुल्क नतिर्न अभिभावकलाई अखिलको आह्वान, शुल्क नलिन निजी विद्यालयलाई चेतावनी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अभिभावकसँग शुल्क नउठाउन कडा चेतावनी दिएको छ । आज एक विज्ञप्ति जारी गरी अखिलका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले लकडाउन अवधिको शुल्क नतिर्न पनि अभिभावकलाई आग्रह गरेको हो ।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘कोरोना कहरको त्रासदी अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको यो अपिललाई अवज्ञा गर्न आम अभिभावक र विद्यार्थीलाई आह्वान गर्दछ । ’

अखिलले शुल्क लिने निर्णय फिर्ता लिन पनि कडा चेतावनी दिएको छ । साथै लकडाउन अवधिमा कुनै पनि शीर्षकमा शुल्क नअसुल्न पनि चेतावनी दिएको छ ।

निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले आइतबार एक अपिल जारी गरी विद्यालयमा उपस्थित भई बक्यौता तिर्न र यस शैक्षिक सत्रको शुल्क भुक्तानी गर्न अपिल सार्वजनिक गरेका थिए ।

हेर्नुहोस् अपिल :