काठमाडौँ उपत्यकामा थपिए १६२२ संक्रमित

काठमाडौँ -उपत्यकामा १६२२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३६२ , भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

बितेको २४ घण्टामा थप २२६४ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८२४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । जसमा ३७ हजार ७६५ संक्रिय संक्रमित रहेका छन् ।