थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १०९ पुगे

काठमाडौँ । नेपालमा शनिबार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर, पर्सा र कपिलवस्तुमा ७ जनामा कोरोनाको संक्रमण भेटिएको हो।

संक्रमित ७ जनमध्ये ३ जना उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका ३ महिला रहेका छन्। यस्तै कपिलवस्तुका १७ र १८ वर्षका पुरुषहरु ३ जना तथा पर्साको छपकैयाका ६२ वर्षका पुरुष छन् ।

उनीहरू सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमितमध्ये ३० जना निको भएर घर फर्किएका छन् ।