प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीको अस्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौँ- प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीले यहि २०२२ अगस्ट २० तारीख अर्थात आगामी शनिबार अष्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना गर्ने भएको छ। काठमाडौँको द एभरेस्ट होटल न्यू बानेश्वरमा आयोजना हुने एजुकेशन फेयरमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गरिने कन्सल्टेन्सीले जनाएको छ ।

कन्सल्टेन्सी स्थापनाको २९ औ वार्षिक उत्सव अन्तर्गत कार्यक्रम हुन लागेको हो । प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुको सफलतालाई नै आफनो मुख्य उपलब्धि मानेर विविध क्रियाकलाप मार्फत विद्यार्थी र अभिभावकहरुलाई सेवा पुर्‍याउँदै आइरहेको छ । शैक्षिक मेलामा अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलीक युनिभर्सिटी, सेन्ट्रल कुइन्जल्याड युनिभर्सिटी, क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कर्टीन युनिभर्सिटी, डेकीन युनिभर्सिटी, एक्सेल्सीया कलेज, ग्रीफिप्त युनिभर्सिटी, मक्वायरी युनिभर्सिटी, आर एम आइ टी युनिभर्सिटी, आई सी एम एस, ल्याट्रोब युनिभर्सिटी, नभितास्, साउदर्न क्रस युनिभर्सिटी, द युनिभर्सिटी अफ एडीलाईड, युनिभर्सिटी टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ न्यु ईङ्लायान्ड, वेस्टर्न सिड्नी युनिभर्सिटी, न्यु क्यास्टल युनिभर्सिटी, जस्ता थुप्रै शैक्षिक संस्थाहरूको स्टल रहने आयोजकले जनाएको छ ।

शैक्षिक मेलाको अस्ट्रेलियन अलायन्स ईन्सुरेन्स, ई टि एस टोफेल, पियर्सन पि टी ई एकेडेमीक सपोरटीङ पार्टनरको रुपमा रहेको छ। मेला बिहान १० वजे देखि बेलुकी ५ वजे सम्म सञ्चनलन हुने शैक्षिक मेलामा विद्यार्थीलाई लक्षित गरी शैक्षिक परामर्श प्रदान गरिनुका साथै पढाइ हुने विषय र स्कलरसीपको बारेमा थप जानकारी दिइनेछ।

विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधीहरु संग साक्षात्कार गरी आपनो रोजाइ अनुसारको युनिभर्सिटी छान्न सक्नेछन ।