कोरोना भाइरसबाट २ लाख ८३ हजार ६७८ ले गुमाए ज्यान

काठमाडौँ – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८६० पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ८० हजार ३०५ जना संक्रमित छन् ।

संक्रमितमध्ये १४ लाख ९० हजार ७७६ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ५ हजार ६६९ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार ३८ जनाको अवस्था गम्भीर छ ।