विद्यालय कर्मचारीको आन्दोलन जारी, संसद र सिंहदरबारमा दबाब

काठमाडौँ – विद्यालय कर्मचारी परिषदका पदाधिकारी अचेल संघीय राजधानी सिंहदरबारमा विभिन्न राजनीतिक दलसँग भेटघाटमा छन । चरणबद्ध आन्दोलन र ३९ दिन लामो रिले अनसनपछि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएपनि विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरु आफ्ना आन्दोलनका कार्यक्रमहरु थाती राख्दै मन्त्रालय र राजनीतिक दलका नेतृत्वहरुसँग भेटवार्तामा लागेका हुन ।

सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पठाउने निर्णय गरेकाले आफूहरुका माग सम्बोधन गराउन दबाब दिन आफूहरु लाग्नुपरेको परिषद अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।