वल्ड स्कुल फुटबल च्याम्पियनसीमा सहभागी हुन नेक्सस टिम मोरक्कोमा

काठमाडौँ– वल्ड स्कुल फुटबल च्याम्पियनसिप २०२३ मा सहभागी हुन पेप्सीकोला टाउनप्लानिङ अन्तर्गतको नेक्सस–संकटा एकेडेमीको नेक्सस–संकटा टिम शुक्रबार मोरक्को प्रस्थान गरेको छ । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी फुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् ।

प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ । जसमा नेपाल ए समुहमा रहेको छ । यसैगरी ए समुहमा फ्रान्स, चिली र युगान्डाको टिम रहेको छ ।

मोरक्कोको राबाटमा हुने आईएसएफ वल्र्ड स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुने १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सफलताको शुभकामनासहित बिदाई गर्नुभयो । त्यसअघि नेक्सस–संकटा टिमलाई नेक्सस इन्टरनेशनल एकेडेमीले पनि एक कार्यक्रमबीच नेक्ससका संस्थापक प्राचार्य आरबी कटुवाल र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की लगायतले बिदाई गर्नुभयो ।

एन्फा यू–१६ युथ लिग खेलिरहेको नेक्सस संकटा टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको भन्दै नेक्ससका संस्थापक प्राचार्य आरबी कटुवालले देशका लागि खेल्न लागेकाले नाम ऊँचो बनाउन सफल हुने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो ।