प्रहरी हेडक्वार्टरमा थप २३ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपाल प्रहरीको प्रधान कार्याल्यमा कार्यरत थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी छन् ।

आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।