बजेटमा असन्तुष्टिपछि निजी विद्यालय सञ्चालकका आगामी रणनीति के ? आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमले आयोजना गर्ने नियमित खुल्ला बहस अन्तर्गत आज नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटासँग बहस हुँदैछ । न्युज व्याजदरको ऋण, घरभाडा, बत्ती लगायतका कुरामा बजेटमार्फत छुट दिन गरिएको आग्रह सरकारले पूर्ण बेवास्ता गरेपछि निजी विद्यालय सञ्चालकहरु अब के गर्छन भन्नेबारे बहस केन्द्रित हुनेछ ।

साथै, निजी विद्यालयले अबदेखि विद्यालय चलाउने भनेका छन् के सम्भव छ ? खाशगरी सरकारले ३२ गतेसम्म लकडाउन बढाएकोमा त्यसलाई चुनौती दिँदै यही जेठ २२ गतेदेखि निजी विद्यालय सञ्चालकले खोल्ने भनेका छन् ? सम्भव छ ? अनि किन यी र यस्तै विषयमा हुने बहस खुल्लापाटी डट कमबाट प्रत्यक्ष हुनेछ ।

बहस १ बजेबाट हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/