खुल्लापाटी खुल्ला बहस : के गर्दैछन् उपत्यका बाहिरका विद्यालय ? आइतबार हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत आइतबार उपत्यका बाहिरका विद्यालय के गर्दैछन् ? कसरी अभिभावकसमक्ष पुगेका छन् ? के अनलाइन वा अन्य माध्यमबाट पहुँच राखेका छन् भन्नेबारे बुटवल, पोखरा र महेन्द्रनगरबाट बहस हुँदैछ ।

बहसमा बुटवलबाट बुटवल पब्लिक स्कुलका हेमलाल शर्मा, कास्कीबाट टप्स स्कुल पोखराका रत्नमान गुरुङ,  महेन्द्रनगरबाट इन्टरनेशनल पब्लिक स्कुल, मेधावी स्कुलका सञ्चालक महा शर्मा र ताप्लेजुङ प्याब्सन अध्यक्ष दिनेश भट्टराईले भाग लिनुहुनेछ । बहस दिउँसो १ बजेपछि सुरु हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/