खुल्लापाटी खुल्ला बहस : उपत्यकामा कसरी हुँदैछ पढाई ? आइतबार हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत आइतबार उपत्यकाका विद्यालयले के कसरी अभिभावक समक्ष पुगेका छन् भन्नेबारे बहस हुँदैछ ।

बहसमा भ्याली पब्लिक स्कुल भंगालका कृष्ण अधिकारी, मोलिसस स्कुलका सञ्चालक ईश्वर गुरुङ  र,  ग्रीनल्याण्ड स्कुल धापासीका थकिन गुरुङ सहभागी हुँदैछन् । बहस दिउँसो २ बजेपछि सुरु हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/