क्यानडा चान चाहनेलाई स्टडी इन क्यानाडा इन्फर्मेसन सेसन आयोजना हुँदै

काठमाडौँ – उच्च शिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर क्यान कन्सल्टिङ सर्भिसले स्टडी इन क्यानडा इन्फर्मेशन सेशन गर्ने भएको छ । नयाँ बानेश्वरस्थित संस्थाको आफ्नै कार्यालयमा मे २८, २०२३ तदनुसार जेठ १४ गते स्टडी इन क्यानाडा इन्फर्मेसन सेसनको आयोजना हुन लागेको हो ।

उक्त कार्यक्रममा फ्लेमिङ कलेजका इन्टरनेसनल रिक्रूटमेंट अफिसर समीर जावेद र क्यानका सिनियर स्टुडेन्ट रिक्रूटमेंट कन्सल्ट्यान्ट हरि खत्रीले क्यानडा र फ्लेमिङ कलेजका अवसरहरूबारे विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने भएका छन्। पछिल्लो समय क्यानाडा उच्च शिक्षा रोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आएको छ। शिक्षाको उच्च स्तर र कम खर्चमा उच्च जीवनयापनको कारण विद्यार्थीहरू अन्य विकसित राष्ट्रहरू भन्दा क्यानाडालाई मन पराउँछन्।

मानव अधिकार को उच्च कदर हुने राष्ट्र, बिश्व भर मान्यताप्राप्त शैक्षिक प्रणाली, अध्ययन पछिको अवसर, अन्तर्राष्ट्रिय नागरिक लाई स्वागत र प्रवासी नेपालीको दिगो विकासका कारण हाल नेपाली विद्यार्थीहरूको मॉझ क्यानडा उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ। क्यानडामा अध्ययन गर्नको लागि क्यान कन्सल्टीङ सर्भिसेजले विद्यार्थीहरुलाई राम्रो शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो।क्यानका काउन्सलरहरू अनुभवी र प्रोफेशनल भएकाले बिध्यार्थीहरूलाई शैक्षिक परामर्श, क्यानडा अध्ययन भिसा प्रकृया लगायतको सेवामा क्यान टिम उत्कृष्ट छ।

क्यान कन्सल्टिङ सर्भिसेजका सिनियर स्टुडेन्ट रिक्रुटमेन्ट काउन्सिलर हरि शरण खत्री सँग विगत २० वर्षको संयुक्त राज्य अमेरिका र क्यानडा दुवै देशमा बसोबास गर्दै आएको, दुवै देशबाट डिग्री, व्यावसायिक अनुभव र उत्तर अमेरिकी संस्कृतिको ज्ञान रहेकाले उपर्युक्त अवसर हुने आयोजकले जनाएको छ ।