सैनिक आवासीय महाविद्यालय फुटबल, एपिएफलाई हराउँदै नेक्सस फाइनलमा

काठमाण्डौँ – १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफीमा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेक्ससले नेपाल एपिएफ स्कुललाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

नेक्ससले अब आयोजक सैनिक आवासीय महाविद्यालय र ल्याब स्कुलमध्ये विजयी हुने टोलीसँग फाइनल खेल्नेछ । विभिन्न विद्यालयहरूका माझ सद्भाव र मित्रताको आधार तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उच्च लक्ष्यका साथ सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको यस प्रतियोगिताको १९औं संस्करणमा १२ विद्यालयहरूका १३ टिमहरू सहभागी छन ।