नेक्सस संकटा कप : ग्ल्याडस्टोन र लाइसियम विजयी

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा राजधानीमा जारी पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा लाइसियम प्याराडाइज र ग्ल्याडस्टोन एकेडेमीले जित हासिल गरेका छन ।

प्रतियोगिता अन्तर्गत आजको खेलमा ग्ल्याडस्टोनले पाणिनीलाई ५–१ गोल अन्तरले पराजित गयो । त्यस्तै अर्को खेलमा लाइसियम प्याराडाइजलाई ग्रीनविज एकेडेमीलाई १–० गोल अन्तरले पराजित ग-यो ।

‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार पाउनेछ ।