थप १०१ जनामा कोरोना पुष्टि, संक्रमित १७ हजार ४४५ पुगे

काठमाडौँ – नेपालमा आज थप १०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’ मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ४४५ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० रहेको छ ।

पछिल्लो २४ घन्टामा २८५ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एघार हजार ५३४ पुगेको छ ।