ग्लोबल काठमाडौँ कन्सल्टको नयाँ शाखा चितवनमा

काठमाडौँ – ग्लोबल काठमाडौँ कन्सल्टको नयाँ शाखा चितवनमा खुलेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी यथार्थपरक सही र तथ्यपूर्ण सूचना प्रदान गर्दै आइरहेको ग्लोबल काठमाडौँ कन्सल्टले आफ्नो नयाँ शाखा चितवनमा खोलेको हो । चितवनको लायन्स चोक नारायणगढमा खुलेको शाखाको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले रिवन काटेर उद्घाटन गनुभयो ।

१२ बर्ष देखी अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको उक्त कन्सल्टेन्सी नेपालको काठमाडौं, पोखरा, बारा, बुटवल, सिमरा लगायतका विभिन्न सहरमा शाखा सञ्चालनमा छन । ग्लोबल काठमाडौँ कन्सल्टले उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित चितवनमा पनि शाखा सञ्चालनमा आएको कन्सल्टेन्सीका शाखा प्रमुख रोहिणी आचार्यले जानकारी दिए ।

कार्यक्रममा ग्लोबल काठमाडौँ कन्सल्ट काठमाडौँ शाखा प्रमुख भोजराज न्यौपाने, चितवन शाखाका सञ्चालक नवराज सापकोटा लगायतले शुभकामना दिएका थिए । ग्लोबल काठमाडौँ कन्सल्टले काठमाडौँ शाखामा पनि आइइएलटिएस र पिटीईमा यसअघि लिएको शुल्कमा शत प्रतिशत शुल्क छुटसहित कक्षा सञ्चालन गरिरहेको छ । साथै चितवन शाखामा पनि ५० प्रतिशत छुटमा कक्षा सञ्चालन गरेको आयोजकले जनाएको छ ।