स्वस्तिश्री गुरुकुल फुटसलमा नेक्ससको क्लिनस्वीप

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अर्को एक महत्वपूर्ण प्रतियोगितामा सहभागी सबै विद्यालयलाई पराजित गरेको छ । आज भएको दोस्रो स्वस्तीश्री गुरुकुल फुटसल प्रतियोगितामा नेक्ससले छात्र र छात्रा दुवै तर्फबाट सहभागी सबै टिमलाई पराजित गरेको हो ।

नेक्ससले छात्रातर्फ आदर्श विद्यासदन र काठमाडौँ युरो स्कुललाई पराजित ग¥यो । त्यस्तै छात्रतर्फ एक्सेल स्कुललाई शुन्यका विरुद्ध ८ गोलको शानदार जित हासिल गर्यो । छात्रातर्फ नेक्ससले आदर्श विद्या सदनलाई १–० र काठमाडौँ युरो स्कुललाई ३–० गोल अन्तरले पराजित गर्यो ।