शैक्षिक परामर्शदाता संस्था बेलगाम बन्दै, शिक्षा मन्त्रायलयको सूचना बेवास्ता गर्दै तारे होटलमा सेमिनार

काठमाडौँ –शिक्षा मन्त्रालयले शैक्षिक परामर्शदाता संस्थाहरुलाई नियमन गर्न जारी गरेको सूचना बेवास्ता गर्दै एक शैक्षिक परामर्शदाता कम्पनीले राजधानीको तारे होटेलमा शैक्षिक सेमिनार गरेको पाइएको छ ।

युके, क्यानडा, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा विद्यार्थी पठाउने गरेको ग्लोबल स्टडीले शिक्षा मन्त्रालयको सूचना बेवास्ता गर्दै सोमबारका लागि भनेर कार्यक्रम तय गरेपछि शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर चेतावनी दिएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत कसैलाई वा कुनै पनि संस्थालाई शैक्षिक मेला वा विभिन्न शीर्षकमा कुनै पनि कार्यक्रम गर्नका लागि अनुमति नदिएको र यसरी शैक्षिक मेला गरेको खण्डमा कारवाही हुने चेतावनी दिएको छ ।

 

यसअघि पनि विदेशी लगानीमा सन्चालित अन्य शैक्षिक परामर्शदाता कम्पनीहरुले गरेको कार्यक्रमलाई शिक्षा मन्त्रालयले रोकेको थियो ।