ईंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ – ईग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित ग-यो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे ।

न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए । जीतसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।