काठमाडौँ उपत्यकामा २३ सहित २०५ जनामा कोरोना संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप २३ जना संक्रमित पाइएको छ । संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ । पछिल्लो २४ घन्टामा २५३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७ हजार ७५२ पुगेको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

कुन जिल्लामा कति संक्रमित

जिल्लागत आधारमा हेर्दा सबैभन्दा धेरै कैलालीमा ३६ जनामा संक्रमण भएको छ । त्यस्तै रौतहटमा ३३ जना, अछाममा १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४/१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, झापाका ८, रुकुम पश्चिम र ललितपुरमा ७ जना, चितवन, पाल्पा, दैलेख र अछाममा ५/५ जना, मोरङ, सप्तरी र बझाङमा ४/४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।

देशभरका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ स्वाबको नमुना परीक्षण भएको छ । अहिलेसम्म २ लाख ६६ हजार ५ सय ५७ जनाको पीसीआर जाँच गरिएको छ ।

बुधबार थप एक जिल्ला कोरोना मुक्त भएसँगै देशका ७७ जिल्लामा कोरोना विस्तार भएपनि ५ जिल्ला कोरोनामुक्त भएका छन् ।