कोरोना संक्रमित बढ्दै गएपछि अष्ट्रेलियमा ६ हप्ता लकडाउन

एजेन्सी – कोरोना संक्रमित बढ्दै गएपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको छ ।

मेलबर्नमा तीन हप्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि तेस्रो पटक लकडाउन घोषणा गरिएको हो । भिक्टोरिया राज्यमा मंगलबार हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएकोमा बुधबार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ ।

लकडाउनको अवधिमा मेलबर्नबासीहरू खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् ।