नेक्सस क्रिकेट एकेडेमीकी विपिशा राष्ट्रिय खेलाडिमा छानिइन्

काठमाडौँ । नेक्सस क्रिकेट एकेडेमीकी विपिशा शाही राष्ट्रिय खेलाडीमा छनौट भएकी छिन । विपिशा यु–१३ क्रिकेट टिममा परेकी हुन । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वागमती प्रदेशस्तरीय खेलमा शाही छनौट भएको नेक्सस क्रिकेट एकेडेमीका म्यानेजर सरस्वती शाहीले खुल्लापाटीलाई जानकारी दिइन । छनौट चरणको खेलमा उनले ३ खेल खेल्दै १० विकेट लिएकी थिइन । १५ वर्षीया शाही ४ वर्ष नेक्सस इन्टरनेशनल एकेडेमी अन्तर्गतकै नेक्सस क्रिकेट एकेडेमीमा प्रशिक्षण लिँदै आएकी थिइन । शाहीले महिला हरूको प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा उत्कृङ प्रदर्शन गर्दै २ पटक म्यान अफ दि म्याच सिरिज जितिसकेकी छिन ।