नेक्ससमा खेलकुद सप्ताहका विजयीलाई पुरस्कार वितरण

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यालयले हालै आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । विद्यालयले हरेक वर्ष गर्ने खेलकुद सप्ताह अन्तर्गत कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच पुरस्कृत गरेको हो ।

विद्यालय प्राङगणमा भएको प्रतियोगितामा खेलकुद सप्ताहमा विभिन्न खेलकुदमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले पुरस्कृत गर्नुभयो । विद्यालयले विभिन्न खेल आयोजना गरेको र सो अन्तर्गत उत्कृष्ठ स्थान हासिल गर्ने ४१० जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको विद्यालयले जनाएको छ ।

पुरस्कार वितरण समारोहका विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालले विद्यार्थीहरुको चौतर्फी विकासका खेलकुद अति जरुरी भएको स्पष्ट पार्दै विद्यालयले अध्यापनसँगै विद्यार्थीहरुको व्यक्तित्व विकासमा पनि मुख्य रुपमा लागिपरेको बताउनुभयो ।