थप ७४० जनामा कोरोना संक्रमण, संक्रमित १५ हजार २५९ पुगे

काठमाडौँ – आज थप ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ७४० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

डा. गौतमका अनुसार हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ६ हजार १ सय ४३ जना पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।