नेक्ससमा फेयरवेल, विद्यार्थीले देखाए कला विद्यालयले गर्यो बिदाई

काठमाडौँ – पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । फेयरवेलमा नेक्सस इन्टरनेशन एकेडेमीबाट एसइई परीक्षापछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको बिदाई गरिएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगानाले विद्यालय शिक्षाको महत्वपूर्ण खुटकिलो एसइई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकोमा विद्यर्थीहरुलाई बधाइ दिँदै विद्यालयले जोड दिएको संस्कार र शिक्षामा दत्तचित्त भएर लाग्न शुभकामना र समुज्वल भविष्यको कामना गर्नुभएको थियो । विद्यालयका संस्थापक प्राचार्य आरबी कटवालले कोरोना कारण स्थगित भएका सबै वर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको जानकारी दिनुभयो ।

नेक्ससले हरेक वर्ष उत्कृष्ट नतिजा एसइईमा ल्याएको स्मरण गराउँदै एसइईकै जस्तो उच्च नतिजा आगामी शैक्षिक वर्ष पनि ल्याउन विद्यार्र्थीहरुलाई शुभकामना दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।