कोरोना संक्रमित अस्पतालबाट फरार

धनुषा – धनुषाको प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित भागेका छन्। उनी आज बिहान अस्पतालको झ्याल फोडेर अस्पतालबाट भागेको स्थानिय प्रहरीले बताएका छन।

उनको खोजीका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ। जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दाबढी बिरामी उपचारत छन्।

यसअघि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पुनः आइसोलेसनमा राखेको थियो।