विद्यार्थीको आकर्षणको केन्द्र बन्दै लोयल्टी एकेडेमी, ११ कक्षामा विद्यार्थीहरु धमाधम भर्ना हुँदै

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अवस्थित लोयल्टी एकेडेमी कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि रोजाइको केन्द्र बनेको छ । आफ्नै भौतिक संरचना र अनुभवी सञ्चालक तथा दक्ष जनशक्ति रहेको विद्यालयमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानुनका विषयमा भर्ना खुलेको छ ।

विद्यार्थीहरुले विज्ञान संकायका सबै विषयहरु, व्यवस्थापन संकाय अन्तर्गत होटेल मेनेजमेन्ट, बिजनेश स्टडिज, इकोनोमिक्स, ट्राभल एण्ड माउन्टेनरिङ, कम्प्युटर साइन्स लगायतका विषयमा विद्यालयले अध्यापन गराउँदै आएको छ । त्यस्तै विद्यालयले कानुन संकायमा पनि अध्यापन थालेको छ । विद्यालयका प्राचार्य वीरेन्द्र कुरुम्बाङका अनुसार यही श्रावणको १४ गते पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भैसकेको छ भने विद्यार्थीहरुले धमाधम विद्यालय भ्रमण र आवश्यक जानकारी लिइरहेका छन ।

‘हामीले प्रवेश परीक्षामार्फत पहिलो चरणमा उत्तीर्ण विद्यार्थीहरुलाई धमाधम भर्ना गरिरहेका छौँ । अब सिट बाँकी रहेमा दोस्रो चरणको प्रवेश परीक्षा छिटै गर्नेछौँ र बाँकी कोटामा विद्यार्थीहरुलाई भर्ना गर्नेछौँ ।’ उहाँले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई सीमित सिट मात्र रहेकाले छिटो विद्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

‘व्यवहारिक र गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि प्रतिबद्ध रहेको र व्यवहारमैँ सिद्ध गरिसकेकाले म विद्यार्थीहरुलाई यताउता भौतारिइरहनु भन्दा विद्यालयमा जोडिन आग्रह गर्छु ।’ उहाँले थप स्पष्ट पार्नुभयो ।

‘हाम्रो आफ्नै भौतिक पूर्वाधार छ । गुणस्तरीय शिक्षासँगै खेलकुदका लागि फुटबल, बास्केटबल, टेबल टेनिस लगायत म्युजिकका लागि आवश्यक कक्षाहरु पनि छन । हाम्रा फ्याकल्टी मेम्बरहरु अनुभवी र खारिएका छन । अब पनि विद्यार्थीहरु ११ कक्षाका लागि टाढा जानुपर्छ र ? ’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

२०६० सालमा स्थापना भएको लोयल्टी एकेडेमीले २०७५ सालबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको हो ।