भारतमा पढ्न जाने विद्यार्थीका लागि सुवर्ण अवसर, जे आर एजुकेशनको एडमिशन सप्ताह

काठमाडौँ- जे आर एजुकेसन ग्रुपले अगस्ट १ देखि अगस्ट ७ तारिख सम्म आर्थत श्रावण १६ देखि २२ गतेसम्म भारतमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि भर्ना सप्ताह गरिरहेको छ । विद्यार्थीहरुलाई अध्ययनबारे जानकारी दिन पत्रकार सम्मेलन गरी आयोजकले यसको जानकारी दिएको हो । भारतमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि सहजीकरण गर्दै आइरहेका जे आर एजुकेशनको आयोजनामा ‘स्ट्डी इन इण्डिया एड्मिसन विक’ काठमाडौँको माइतीघर मण्डलामा सोमबारदेखि भैरहेको छ ।

एडमिशन सप्ताहमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, शुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भीभी आईटी, भाइ गुरुदास ग्रुप अफ इष्टिच्यूसन्, सीटी युनिभर्सिटीलगायतका शैक्षिक संस्थाले भाग लिएका छन । जसमा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल, हस्पिटालिटी, नर्सिङलगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष रुपमा विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग कुराकानी गर्ने अवसरमा पाएका छन ।

आयोजकका अनुसार एड्मीसन विकमा भाग लिने विद्यार्थीलाई आकर्षक गिफ्ट पनि प्रदान गरिएको छ । त्यस्तै, विश्वविद्यालयका टिमबाट एकेडेमिक सर्टिफिकेटका आधारमा इन्स्टिच्युसनल छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने छन् । सन् २०१६ मा स्थापना भएको यस ग्रुपले नेपाली विद्यार्थीलाई भारतमा पढ्नका लागि सहयोग गर्दै आइरहेको छ ।