ग्लोबल मेनेजमेन्ट फाउण्डेशनको १८ औँ वार्षिकोत्सब सम्पन्न

काठमाडौँ- १८ वर्ष देखि जापानलाई केन्द्र बनाएर शैक्षिक परामर्श प्रदान गर्दै आएको ग्लोबल मेनेजमेन्ट फाउन्डेसनले आफ्नो स्थापनाको १८औ बर्षगाठ भब्यताका साथ मनाएको छ। ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा लि ले आफ्नो १८ औ बर्षको अवसरमा टोल सरसफाई, जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट लगायत बिभिन्न क्रियाकलापहरू वर्षभर गरिने जनाएको छ ।

ग्लोबलका प्रबन्ध निर्देशक नारायण प्रसाद सापकोटाले ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा. लि. को तर्फबाट आभार व्यक्त गर्दै १८ वर्षसम्म साथ दिने सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘आजको अवस्थासम्म आइपुग्न हामिलाई विश्वाश गरी प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने अभिभावक, विद्यार्थी, प्रशिक्षक, शुभचिन्तक एवं सबै सबै देश तथा विदेशमा रहनु हुने शुभेच्छुकहरुमा हार्दिक आभार ब्यक्त गर्दछौँ।’

त्यस क्रममा उहाँले आगामी दिनमा सेवा अझ चुस्त दुरुस्त, विद्यार्थी मैत्री, सुलभ, विश्वसनीय, जिम्मेवार तथा गुणस्तरीय बनाउने कुरामा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा ग्लोबल मेनेजमेन्ट फाउन्डेसनको यो सफल यात्रामा साथ दिनुहुने ग्लोबल फेमेलीहरूलाई सम्मान समेत गरिएको थियो।