ग्यालेक्सी पब्लिक स्कुलमा प्यानल डिस्कसन, एस ई ई पछिको अध्ययन र अबसरबारे विद्यार्थीलाई दिइयो जानकारी

काठमाडौँ – एस ई ई पछि विद्यार्थीलाई उच्च शिक्षा कहाँ पढ्ने, कुन कोर्ष छान्ने लगायत थुप्रै कौतुहलता हुने गर्छ । यसबारे उचित परामर्श आवश्यक हुने गर्छ । विद्यार्थीहरुको यस किसिमको कौतुहहलतालाई निराकरण गर्न ग्यालेक्सी पब्लिक स्कुलले एक प्यानल डिस्कसन सेसनको आयोजना गरेको छ।

प्यानल डिस्कन सेसनमा किनोट स्पिकरको रुपमा उद्योग वाणिज्य माहासङ्घका डाइरेक्टर दिपक राज जोसी प्यानालिस्टमा ग्यालेक्सी पब्लिक स्कुलकी अध्यक्ष गिता क्षत्री राना, सि टि इ भी टीका पुर्व सदस्य सचिव रामहरी लामीछाने, दि ब्रिटिस कलेजका ए लेभल प्रोग्राम मेनेजर राजन कुमार राई रहनु भएको थियो । कार्यक्रममा ग्यालेक्सी पव्लिक स्कुल प्लस टु कि क्याम्पस चिफ ॠतल रानाले कार्यक्रमलाई मोडरेट गर्नु भयको थियोे ।

प्रस्तुतीकै क्रममा उद्योग वाणिज्य महासङ्घका डाइरेक्टर जनरल दीपक राज जोसीले एस ई ई पछीको अध्ययन ,पेसागत सीप विकासका वारेमा प्रकाश पार्नु भयो। त्यसै गरि सि टि इ भी टी का पूर्व सदस्य सचिव रामहरी लामिछानेले भोकेस्नल एजुकेसन र सि टी भि टी ले प्रदान गरिने कोर्ष करियरका बारेमा आफ्नो प्रस्तुति दिनु भयको थियो। विद्यार्थीहरूले उहाहरुको प्रस्तुतीबारे जिज्ञासा राखेका थिए ।

सोहि कार्यक्रममा दि ब्रिटिस कलेजका ए लेभल प्रोग्राम मेनेजर राजन कुमार राईले ए लेभल र यसको अध्ययनबाट विध्यार्थीहरुलाई हुने व्यक्तित्व विकासका बारेमा जानकारी गराउनु भयो। उक्त कार्यक्रममा के कस्ता विषय रोज्ने, विध्यार्थी कसरी आफ्नो भविश्य बनाउने, साथै विद्यार्थीहरुलाई किताबमा मात्र सीमित नभइ प्लस टु अध्ययनको महत्व र ज्ञान सिपको बारेमा ग्यालेक्सी पब्लिक स्कुल की अध्यक्ष गीता रानाले बताउनुभयो।

कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल गराउन उपस्थित सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै सम्मान स्वरूप अतिथि महानुभावहरुलाई टोकन अफ लभ प्रदान गरीएको थियो। कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न भएको आयोजक संस्था ग्यालेक्सी पब्लिक स्कुलले जानकारी गराएको छ।