वीरगञ्जको एक अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद

काठमाडौँ- पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन प्रहरीले बरामद गरेको हो ।

सुन तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो। प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको थियो ।

अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।