पिसिआर परीक्षण अब २ हजारमैँ

काठमाडौँ – कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पीसीआर अब दुई हजारमैँ गर्न पाइने भएको छ ।अब सबै प्रयोगशालाहरुका लागि सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ तोकिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको जानकारी दिए । उनका अनुसार अबदेखिका परीक्षणमा सरकारी र निजी कुनै पनि ल्याबले अधिकतम दुई हजार रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको डा. गौतमले बताए । यसअघि पीसीआर सशुल्क परीक्षण सुरु गर्दा प्रति व्यक्ति ५ हजार ५ सयसम्म लाग्ने गरेको थियो । पछि ४४ सयमा झारिएको थियो ।